कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजारभन्दा बढी

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १७:१६
;

कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन्। त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन्।

सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा बढी संक्रमित छन्।

उता, अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २ हजार नाघेको छ। सीएनएनका अनुसार शनिबारसम्ममा त्यहाँ २ हजार १० जनाको मृत्यु भएको छ। बिहीबारसम्म यो संख्या १ हजार थियो।

त्यसैगरी कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ६ सय ८८ पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार भने २०१ मुलुकमा फैलिएको कोरोना भाइरसबाट शनिबारसम्ममा २६ हजार ६ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७५ हजार ४ सय ४४ जना संक्रमित छन्।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*