‘लकडाउनको विकल्प छैन, जनतासँग माफी चाहन्छु’ मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका गरिब जनतासँग माफी मागेका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसलाई रोक्न लकडाउन बाहेक अन्य विकल्प नरहेको भन्दै उनले माफी मागेका हु्न् ।
आफ्नो नियमित रेडियो सम्बोधन ‘मनकी बात’ मा बोल्दै मोदीले आम जनतालाई लकडाउनबाट भएको दुखप्रति माफी मागेका हुन् ।
उनले भने, ‘कोरोनाको संकटम भयंकर ठुलो संकट हो । हुनसक्छ हामीले चालेका कदमबाट कैयौ जनता दुखि होलान् । मैले सबैको दुख बुझेको छु । कोरोनाविरुद्ध जित हासिल गर्न यो कदम बाहेक अन्य बाटो नै छैन । तपाइँहरुलाई जुन दुख भएको छ, यसको लागि म माफी माग्दछु ।’