कोरोनाको कहरः अमेरिकामा दुईलाखको मृत्यु हुनसक्ने अनुमान

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २१:०५
;

अमेरिकाका संक्रामक रोगका चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकदेखि दुई लाख व्यक्तिको ज्यान जानसक्ने अनुमान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्लि कोरोना भाइरसको विषयमा जुन टास्क फोर्स बनाएका छन्, एन्थोनी उक्त फोर्सका एक सदस्य पनि हुन् । डा. एन्थोनीले अमेरिकामा जुन गतीमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ त्यसको आधारमा यस्तो बयान दिइरहेका छन् ।

फाउचीले यो कुरा सिएनएनसँगको कुराकानीमा भनेका हुन् । अमेरिकामा कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिको संख्या संसारभरीकै उच्च छ । यहाँ १ लाख ४२ हजार बढी कोरोना भाइरसद्वारा संक्रमित छन् भने २४ सय बढीको मृत्यु भइसकेको छ ।

अमेरिकाको जनस्वास्थ्य विज्ञका अनुसार देशका केही भाग यस्ता पनि छन् जहाँ कोरोना भाइरसको संक्रमणको केही जानकारी दर्ता गरिएको छैन ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा सन् २०१० देखि हरेक वर्ष मौसमी फ्लूका कारण १२ हजार देखि ६१ हजार व्यक्तिको ज्यान गइरहेको छ ।

कोरोना भाइरसबाट हुने मृत्युदर फ्लूभन्दा निकै धेरै छ । ज्येष्ठ नागरिकको जनसंख्यामा कोरोना भाइरसद्वारा हुने मृत्युदर फ्लूको तुलनामा ६ गुणा बढी छ । खतरालाई मध्यनजर गर्दै ट्रम्पले सोसल डिस्टेन्सिङको समयसीमा ३० अप्रिलसम्म बढाएका छन् । एजेन्सी
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*