तालिवानको आक्रमणमा परि १९ सुरक्षाकर्मीको मृत्यु

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २१:०९
;

अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् ।

आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र  यसबाट ४ जनाको मृत्युको हुनुको साथै १२० व्यक्तिमा सङ्क्रमण देखिएको छ । 

विश्वभरी कोरोना भाइरसको सङ्क्रमणको महामारी चलिरहेको यस अवस्थामा अमेरिका र अफगानिस्तानबीच चलिरेहको शान्ति वार्ता पनि रोकिएको अवस्थामा नै रहेको छ ।

 तर यस परिस्थितिमा पनि तालिबान आतङ्ककारी समूहको आक्रमण भने रोकिएको छैन् । अफगानिस्तानमा हाल पनि सुरक्षाबललाई लक्ष्यगरी हुने आक्रमण बारम्बार भइरहेको छ ।–सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*