घरमा बस्न अलग कोठा नभएपछि रुखमै क्‍वारेन्टाइन

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २१:१८
;

नोभले कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दै गएपछि यसको नियन्त्रणका लागि विभिन्‍न प्रयासहरु भइरहेका छन् । भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको छ । 

२१ दिन लामो लकडाउनबाट दैनिक मजदुरी गरेर खाने समूह निकै पीडित बनेका छन् । मजदुरीका लागि एक राज्यबाट अर्को राज्यमा गएका मजदुरहरु थप पीडामा छन् । कोरोना भाइरसको नियन्त्रणका लागि 'सामाजिक दूरी'  कायम गर्नु मुख्य सावधानी मानिएको छ । तर, भारतमा सामाजिक दुरी कायम गर्नका लागि सुन्दा अचम्म लाग्‍ने तर कारुणिक उपाय अपनाइएको छ ।

भारतमा सातजना प्रवासी मजदुरहरुले दुई सातादेखि आफूलाई अलग-अलग रुपमा क्‍वारेन्टाइन गर्दै आएका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उनीहरुसँग अलग-अलग बस्‍न कोठा नभएपछि रुखमा अलग-अलग बस्दै आएका हुन् । 

एएनआईले लेखेको छ, "पश्‍चिम बंगालको बलरामपुरस्थित भानगिडी गाउँमा मजदुरहरुले रुखमा १४ दिनका लागि आफूलाई क्‍वारेन्टाइन गरेका छन् । उनीहरुका अनुसार घरमा उनीहरुलाई आइसोलेसनका लागि अलग-अलग कोठा छैनन् ।"

हजारौं मानिसहरु लकडाउनको प्रवाह नगरी हजारौं किलोमिटरको दूरीमा हिँडेर घर फर्किरहेका बेला हाल यी तस्बिर सामाजिक सञ्‍जालमा भाइरल भइरहेका छन् । विशेष गरी कामका लागि दिल्ली र मुम्बइ पुगेका मजदुरहरु घर फर्किरहेका छन् । 

एकजना भारतीय चिकित्सकले सामाजिक सञ्‍जालमा भनेका छन्, "सोसल डिस्टेन्सिङ र लकडाउन कोरोनाबाट बच्‍न अपनाइने सावधानी हुन् । यसको अर्थ मानिसहरु घरबाहिर ननिस्किउन भन्‍ने हो ।"  – बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*