कोरोनाको कहरः अस्पतालबाट फर्किएका बुबालाई अँगालो हाल्न नपाउँदा डाको छोडेर रोए यी बालक

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिलेसम्म सारा विश्वमा नै फैलिइसकेको छ । लाखौँ मानिसहरु यसको संक्रमणबाट ग्रसित छन् । तर सबैभन्दा ठूलो कुरा त अहिलेसम्म पनि कोरोनाको औषधी बन्न सकेको छैन ।
कोरोनाबाट बच्न र सतर्कता अपानाउन भन्दै धेरै देशहरुले आफूलाई लकडाउन गरेका छन् । सरकारले सबैलाई घरबाट बाहिर ननिस्कन अपील समेत गरेको छ ।
तर लकडाउनमा पनि डाक्टरहरु रात दिन बिरामीहरुको उपचारमा तल्लिन छन् । यसैबीच एक डाक्टरको भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
भिडियोमा डाक्टर आफ्नो घर आईरहेको र उनको सानो छोरा उसलाई अँगालो हाल्नका लागि उनीतिरै दौडिरहेको देख्न सकिन्छ । तर डाक्टरले आफ्नो छोरालाई रोक्छन् ।
A Saudi doctor returns home from the hospital, tells his son to keep his distance, then breaks down from the strain.
सानो छोरा आफ्नो बुवालाई अँगालो हाल्न नपाएपछि त्यही बसेर रुन थाल्दछ । गल्फ न्युजका अनुसार भिडियोमा देखिएका डाक्टरको नाम नासिर अली रहेको छ ।
उनी दुबईको किंग सलमान अस्पतालमा काम गर्दछन् । र अहिले भने उनी कोरोनाबाट ग्रसित व्यक्तिहरुको उपचार गरिरहेका छन् ।
एजेन्सी