कोरोना भाइरसबारे २ वर्षअघिको कोरियन सिरियलमा पनि चर्चा
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेको समयमा सामाजिक सञ्जाल ‘ट्विटर’मा एक कोरियन सिरियलको भिडियो भाइरल भइरहेको छ ।
सन् २०१८ मा प्रसारित सो कोरियन सिरियलको नाम ‘माइ सिक्रेट टेरियस’ रहेको छ । यस सिरियलको १० औँ एपिसोडको ५३ औँ मिनेटदेखि कोरोना भाइरसको विषयमा चर्चा गरिएको छ ।
सिरियलमा एक महिलाले श्रीमानलाई गुमाउछिन् र पछि थाहा पाउछिन् कि श्रीमानको मृत्यु ठूलो षडयन्त्रको एक हिस्सा हो । श्रीमानको मृत्यु कोरोना भाइरसका कारण भएको डाक्टरले बताउछिन् ।
सिरियलमा कोरोना भाइरसलाई आतंकवादीहरुले हतियारको रुपमा प्रयोग गर्न परिवर्तित गरेको भाइरसको रुपमा व्याख्या गरिएको छ जसले डाक्टरहरुलाई उपचार खोज्न व्याकुल बनाउछ ।
कोरोना भाइरसका विभिन्न प्रकारहरु छन् जसमध्ये एकले सन् २०१५ को एमईआरएस प्रकोप तिर दोहो¥यायो भने पछिल्लो समयमा कोभिड–१९ को कारण बनिरहेको छ ।
सिरियलमा भनिएको छ कि सो कोरोना भाइरसको उष्मायन अवधि २ देखि १४ दिनेसम्मको हुन्छ र यसले संक्रमित व्यक्तिको फोक्सोमा ५ मिनेटभित्र आक्रमण गर्छ । सो भाइरसको कुनै औषधि नभएको सो सिरियलमा बताइएको छ। त्यसैगरी, सो सिरियलका अन्य एपिसोडहरुमा विद्यार्थीहरुलाई भाइरसबाट बच्न कसरी हात धुने भन्ने कुरा सिकाइन्छ ।
यसै प्रसंगलाई लिएर अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ ।
के हो सत्य
वैज्ञानिकहरु २० औँ शताब्दीको मध्यदेखि नै विभिन्न प्रकारका कोरोना भाइरसका बारे परिचित थिए। त्यसैले, सोपछिका समयमा कोरोना भाइरसका बारेमा टिभी सो अथवा चलचित्रहरुमो यस्तो देखाइनु कुनै नौलो कुरा होइन ।
सिरियलमा कोरोना भाइरसको बारेमा भनिएका कुरा र वास्तविक कुरामा फरक छ । सिरियलमा भाइरसले ५ मिनेटभित्र फोक्सोमा आक्रमण गर्छ भनिएको छ तर अहिले देखिएको कोभिड १९ ले यति चाँडै आक्रमण गर्दैन ।
कोभिड १९ बायोइन्जिनियरिङ हतियार हो भन्ने सिद्धान्तलाई वैज्ञानिकहरुले हटाइसकेका छन् । किनकी यो चमेरो र पानगोलियनबाट मानिसमा सरेको उनीहरुको मान्यता छ ।
कोभिड १९ मानवसिर्जित नभई प्राकृतिक माध्यमबाट उत्पन्न भएको वैज्ञानिकहरुको अध्ययनले देखाएको छ ।
गत महिना सामाजिक सञ्जालमा नै देखिएको ‘आइज अफ डार्कनेस’ मा पनि यस्तो हुनसक्ने भविष्यवाणी गरिएको भन्ने चर्चामा आएको थियो । सने १९८१ मा प्रकाशित सो उपन्यासमा वर्णन गरिएको ‘वुहान ४००’ नै कोभिड १९ को भविष्यवाणी भन्ने चर्चा सामाजिक सञ्जालमा चलेको थियो । सो उपन्यासमा व्याख्या गरिएको ‘वुहान ४००’ मानिसबाहेक अरु कसैले सार्न सक्दैन भने मानव शरीर बाहेक अन्य स्थानहरुमा १ मिनेटभन्दा बढी बाँच्न सक्दैन ।-मेरो लगानी