कोरोनाको कहरः अस्पतालमा उपचार गराइरहेका पतिलाई पत्नीले लेखिन् ४५ वटा भावुक प्रेमपत्र (भिडियोसहित)

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १८:०३
;

चीनको हाङ्चो शहरमा कोरोनाभाइरस फैलिएका बेलामा  गम्भीर बिरामी भएर अस्पतालमा भर्ना भएका ९० वर्षीय पतिलाई उनकी ८४ वर्षीया पत्नीले दिनको एउटा गरी ४५ वटा प्रेमपत्र पठाएकी छन् । महिलाका प्रेमपत्र अन्लाइनमा आएपछि लाखौं मानिसको मन पग्लेको छ । 

हुआङ ग्वोची नामक ती महिलाले ५५ दिनको अवधिमा ४५ वटा भावुक पत्र लेखेकी थिइन् । अस्पतालमा लकडाउन लगाइएर सबैजनालाई आईसीयू आउनबाट रोकिएपछि हुआङले पत्र लेखेकी हुन् ।

उनका पति सुनलाई कोरोना लागेको त हैन । विगत एक वर्षदेखि उनी श्वासप्रश्वासमा समस्या र मानसिक रोगको उपचारका लागि अस्पतालमा भर्ना गरिएका थिए । 

हजुरआमा हुआङ भनी चिनिने ती महिलालाई पनि श्वासप्रश्वासको रोग छ र उनी पनि त्यही अस्पतालमा भर्ना गरिएकी छन् । उनको अवस्था तुलनात्मक रूपमा कम गम्भीर छ र उनलाई सामान्य वार्डमा राखिएको छ । 

कोरोनाभाइरस संक्रमण फैलिनुअघि उनी पतिलाई भेट्न अस्पताल गइरहन्थिन् । पतिलाई मन पर्ने किवीफ्रुट बोकेर उनी जाने गर्थिन् । 

फेब्रुअरी १ देखि अस्पतालले बाहिरबाट आउने मानिसलाई कडीकडाउ गर्न थालेपनि हुआङ विचलित भइनन् । 

उनी आईसीयू वार्डको ढोकामा कुरिरहन्थिन् र नर्सलाई किवी फलको कचौरा दिएर हजुरबा सुनलाई दिनू है भन्थिन् । 

अनि उनले कागजमा कलमले लेख्दै आफ्ना पतिप्रतिको प्रेम अभिव्यक्त गरिन् र उनलाई मजबूत भई बस्न प्रेरित गरिन् । 

एउटा पत्रमा उनले लेखिन्, ‘प्रिय पति, म ठीक छु । मेरो चिन्ता नलिनू । हाम्रा छोरा र नातिहरू घरैमा छन् । नर्सले दिएको आदेश मान्नू र उनीहरूलाई आफ्नो उपचारमा सहयोग गर्नू ताकि हजुर छिटो निको भएर परिवारसँग पुनर्मिलन गर्न सक्नुहोस् ।’ 

https://videos.dailymail.co.uk/video/mol/2020/03/30/6585578542153286891/480x270_MP4_6585578542153286891.mp4

एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*