सलमान खानको फुपुको छोराको निधन

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १८:१३
;

बलिउड सुपरस्टार सलमान खानको फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको छ । सलमानले सोसल मिडिया पोष्टमार्फत् यसबारे जानकारी दिएका हुन् ।

सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब्दुल्लाको पछिल्लो केही समयदेखि स्वास्थ्य खराब थिएन । उनको कलेजोमा समस्या थियो । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । सलमान पनि उनको अवस्था हेर्न अस्पताल पुगेका थिए ।

यी सेलिब्रिटीले जताए अब्दुल्लाको निधनमा दुःख

""

""

Salman Khan@BeingSalmanKhan

Will always love you…

"View

58.9K

 

सलमानबाहेक नायिका डेजी शाह र जरिन खानले अब्दुल्लाको निधनमा दुःख व्यक्त गरेका छन् र सोसल मिडियामा यसबारे पोष्ट गरेका छन् ।

डेजीले अब्दुल्लाको तस्बिर सेयर गर्दै लेखिन्, ‘मेरो सबैभन्दा मिल्ने साथी, तिमीलाई सधैं प्रेम गर्नेछु ।’

यस्तै जरिन खानले पनि उर्दूमा पनि एक पोस्ट गरेकी छिन् । यस्तै, नायक राहुल देवले पनि ट्वीटरमा सलमानको पोस्टमा कमेन्ट गर्दै अब्दुल्लाको निधनमा दुःख जताए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*