कोरोनाका कारण १२ घन्टाको अन्तरालमा यी महिलाले आमाबुवा गुमाइन्
रोनाभाइरस महाव्याधिबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुस् भन्दै आयरल्यान्डकी एक महिलाले मानिसहरूलाई आग्रह गरेकी छन् । उनकी आमा र बुवा १२ घन्टाको अन्तरालमा कोरोनाकै कारण बितेपछि उनले यस्तो आग्रह गरेकी हुन् ।
७९ वर्षीय क्रिस्टोफर भाल्लेली र उनकी पत्नी ७७ वर्षीया इसोबेलको बेलफास्टस्थित मातेर अस्पतालमा आइतवार देहान्त भएको हो ।
उनीहरूकी छोरी फियोना भाल्लेलीले मातापिता बितेपछि मानिसहरूलाई चेतावनी दिँदै भनिन्, ‘कृपया सबैजनाले सार्वजनिक निर्देशिका अनुसरण गर्नुस् । आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ना लागि गर्न सक्ने सबै काम गर्नुस् किनकि यो अझै खराब हुनेवाला छ ।’
भाल्लेली फोक्सोको क्यान्सरबाट पीडित थिए र उनलाई एक हप्ताअघि बेलफास्टस्थित रोयल भिक्टोरिया अस्पताल लगिएको थियो । त्यहाँ उनलाई कोभिड–१९ को पोजिटिभ पाइएपछि मातेर अस्पताल लगिएको थियो । कोरोनाभाइरस उपचारका लागि खोलिएको त्यो विशेष अस्पताल हो ।
पत्नीलाई बिहीवार मातेर अस्पताल लगिएको थियो । पत्नी बितेकी कोठामा पति पनि बितेका हुन् । पत्नीलाई ६ महिनाअघि हृदयघात भएको थियो ।
मातापितालाई अचानक गुमाउनुपर्दा परिवार स्तब्ध बनेको छोरीले बताइन् ।
उनले आमाबुवालाई अलबिदा भन्न पाएको जानकारी दिइन् ।
भाल्लेलीले अस्पतालका कर्मचारीहरूले राम्रो काम गरिरहेको र आफ्नो जीवन जोखिममा पारेको बताइन् ।
‘त्यसैले गर्दा सबैजनाले यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ उनले भनिन् ।
अहिले अन्तिम संस्कार गर्न नियन्त्रणहरू लगाइएकाले मातापिताको औपचारिक मृत्यु संस्कार गर्न आफूहरू असमर्थ भएको भाल्लेलीले बताइन् ।एजेन्सी