कोरोनाको कहरः युरोपका स्याहार केन्द्रहरु संकटमा, वृद्धहरूलाई मर्न छोडिँदै

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २१:३४
;

रिसको रोथ्सचाइल्ड केयर होमबाहिर एउटा भ्यान रोकिन्छ । त्यसबाट प्लास्टिकमा मोरिएको धमिलो काठको सामान ओरालिन्छ ।

डेलिभरी गर्ने मानिसले एक पत्रकारलाई भन्छन्, ‘यो अनवरत छ ।’ उनले लगातार कफिन ल्याइरहेको भनेको हुन् ।

केयर होमका ढोकाहरू ढ्याम्म बन्द छन् । कोरोनाभाइरसका कारण त्यहाँ १६ जना मरेको आशंका गरिएको छ अनि ८० जना संक्रमित छन् । 

पेरिसमा रहेका केयर होममध्ये एक तिहाइमा कोरोनाभाइरस फैलिएको विश्वास गरिएको छ । अस्पतालहरूमा कोरोनाका रोगीहरू मरेको दैनिक अभिलेख रहन्छ तर केयर होममा भएका मृत्युको कुनै अभिलेख छैन । 

अलेक्जान्द्रे सान्नर पूर्वी फ्रान्समा रहेको भोस्गेसस्थित अर्को स्याहार केन्द्रमा चिकित्सक छन् । त्यहाँ कम्तीमा २० जनाको मृत्यु भएको छ । 

‘लगभग ५० जनालाई ज्वरो आएको थियो अनि त्यसपछि कडा निमोनिया लाग्यो,’ उनले भने । ‘महामारी चरममा हुँदा कम्तीमा २५ देखि ३० रोगीलाई अक्सिजन चढाउनुपरेको थियो ।’

फ्रान्सका वृद्धाश्रममा रहेका मानिसमध्ये कमको मात्र भाइरस परीक्षण गरिएको छ । दिनदिनै ती वृद्धाश्रमबाट दोहोरो अंकमा मृत्यु भइरहेको छ । वृद्धाश्रमहरू बाहिरी विश्वबाट पूरै बन्द छन् । 

इटली र स्पेनमा युरोपभरिकै सबभन्दा धेरै र खतरनाक संक्रमण फैलिएको छ । त्यहाँका वृद्धाश्रमले यसको सबभन्दा बढी पीडा खप्नुपरेको छ । त्यहाँ व्यापक संक्रमण र कर्मचारीको अभावको समस्या छ । 

इटलीको बेर्गामोमा रहेका वृद्धाश्रममा सयौं मानिस मारिएका छन् । एउटा वृद्धाश्रममा कर्मचारीहरू क्वारेन्टाइनमा बस्नुपरेकाले ८३ जना वृद्धहरू दुई दिनसम्म भोकै बस्नुपरेको थियो । 

स्पेनका वृद्धाश्रममा मृत्युदर डरलाग्दो रहेको भनी मड्रिडस्थित मोन्टे हर्मोसो केन्द्रमा सतर्क गराइएको थियो । त्यहाँ कोरोनाभाइरसले २० जनाको ज्यान लियो । देशभरिका वृद्धाश्रममा सेना पठाएर आकस्मिक सहयोग उपलब्ध गराइएको थियो र १३ सयभन्दा बढी केन्द्रमा संक्रमणमुक्त बनाउन रसायन छर्किएको छ । 

तर अधिकारीहरू प्रायः ढिलो आइपुग्ने गरेका छन् । मड्रिडको एक वृद्धाश्रममा २३ जना मरेको भेटिए । दुईजना सुसारे पनि मरेका थिए । 

अलिकान्ते भन्ने ठाउँनेरको अल्कोइमा रहेको एक वृद्धाश्रममा १३० मध्ये २६ जनाको मृत्यु भएको थियो । मार्च महिनामा वृद्धाश्रमहरूमा १६ सयजनाको मृत्यु भयो । तीमध्ये आधालाई कोभिड–१९ ले ज्यान लिएको विश्वास गरिएको छ । 

नातेदारहरूले संक्रमणका विषयमा सूचनाको अभाव रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कर्मचारीहरू चाहिँ जनशक्तिको अभाव रहेको र सुरक्षा वस्त्र नभएका कारण सबै कुरा धराशायी भएको गुनासो गर्छन् । स्याहार गर्नेहरूलाई भाइरस लागेर सेल्फ आइसोलेसनमा बस्नु परिरहेको छ । 

महामारी फैलिँदै जाँदा सरकारलाई यो सम्हाल्न धौधौ परेको छ । 

प्रत्येक राति फ्रान्सेलीहरू झ्याल खोलेर देशका स्वास्थ्यकर्मीको कामलाई प्रशंसा गर्दै ताली बजाउँछन् । 

चिकित्सक, नर्स र केयर होम कर्मचारीहरूसँगको एक्यबद्धता आफ्नै ठाउँमा छ । तर सर्वेक्षणहरूले देखाएअनुसार, सरकारप्रतिको विश्वास ध्वस्त भएको छ । महाव्याधि चरममा पुग्नुअघि नै विश्वासको संकट देखिन थालेको थियो ।

बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*