कोरोनाको संक्रमणबाट अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार १८:०४
;

अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो । यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए ।

साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*