२० जना प्रेमिका लिएर जर्मन भागे थाईल्याण्डका राजा, जनताले पोखे आक्रोश !

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार २०:४०
;

थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् ।  यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् । कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् । उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् । यस्तोमा थाई राजाले आफुलाई जर्मनीमा सेल्फ आइशोलेट गरेका हुन् । 

लकडाउनका बाबजुद यी राजालाई बाभारियास्थित चार तारे ग्रान्ड होटल सोन्नीनबीच्लमा बस्नका लागि विशेष अनुमति दिइएको हो । जर्मन ट्याबलोइड बिल्डमा प्रकाशित समाचारअनुसार थाई राजा आफ्ना केही सेवकसहित २० जना प्रेमिकासँगै यहाँ बसिरहेका छन् । यी राजाले अझै ठूलो संख्यामा सेवक ल्याउने योजना बनाएका थिए, तर तीमध्ये १ सय १९ जनालाई कोरोना हुनसक्ने आशंकामा घर पठाइयो । 

आफ्ना राजा जर्मनीमा बसेको समाचार भाइरल भएपछि थाईल्यान्डका जनताले ट्वीटरमा आक्रोश पोखेका छन् । ‘हामीलाई किन राजा चाहियो ?’ ट्वीटरमा ट्रेन्डिङमा छ । जबकी, थाइल्यान्डमा राजाविरुद्ध बोल्नु अपराध मानिन्छ । यस देशमा राजा वा रानीको इज्जतमाथि प्रश्न उठाउन नपाइने कडा कानून छ । यी राजाले चारपटक बिहे गरिसकेका छन् ।

राजकुमारी सोआम्सावालीसँग १९७७ मा बिहे गरेर १९९३ मा डिभोर्स गरेका थिए । युवाढिदा पोल्प्रासेर्थसँग १९९४ मा बिहे गरेपनि दुई वर्षसमै सम्बन्ध विच्छेद भयो । श्रीरश्मी सुवाडीसँग २००१ मा बिहे गरेर २०१४ मा सम्बन्ध विच्छेद गरे । अहिले रानी सुथिडा उनकी पत्नी हुन् । थाइल्याण्डमा अहिलेसम्म १ हजार ५ सय २४ जनामा कोरोना भाइरस देखिइसकेको छ । नौ जनाको मृत्यु भइसक्यो । एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*