मलेसिया सरकारको अनौठो– सुझाव ‘महिलाहरू घरमा पनि मेकअप गरेर बस्नू, झगडा कम हुनेछ’

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार २१:४२
;

मलेसियाको महिला मन्त्रालयले लकडाउनका बेलामा कसरी बस्ने भनी आफ्नो फेसबूक पेजमा टिप्स दियो । पोस्टमा पतिलाई टेन्सन नदिन महिलाहरूलाई सुझाव दिइएको छ । 

घरमा बस्दा राम्रो कपडा लगाएर बस्न अनि मेकअप गर्न पनि उनीहरूलाई सुझाव दिइएको छ । अनि भान्सा र बेडरूम सफा राख्दा मानसिक स्थिति सही रहने भनिएको छ । 

यसको व्यापक आलोचना भएपछि पोस्ट हटाइएको छ । 

आइसोलेसनमा बस्दा कैयौं महिलाले घरेलु हिंसा सहनुपरेको खबर छ । स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, सरकारी हेल्पलाइनमा पहिलेभन्दा ५० प्रतिशत बढी यस्ता कलहरू आइरहेका छन् । 
 

एजेन्सी
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*