लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश
फिलिपिन्सका राष्ट्रपतिले लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । राष्ट्रपति रो ड्रिगो डु टर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समसया निम्त्याउनेलाई गोली हान्न आदेश दिएका हुन् ।
‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।
सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रद र्शनकारीलाई पक्राउ गरेपछि डु टर्टोले यस्तो आदेश जारी गरेका हुन् ।
स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको ल कडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् ।