भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १८:५३
भारतमा कोरोना भाइरस ‘कोभिड १९’ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । यस भाइरसबाट संक्रमितको संख्या भने दुई हजार ३२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वभर हाल ९ लाख ३६ हजार ९५८ जना कोरोनाबाट संक्रमित बनेका छन्। हालसम्म ४७ हजार २६४ को मृत्यु भइसकेको छ। १ लाख ९४ हजार ६६६ जना भने उपचारपछि स्वस्थ बनेका छन्। भारतमा गतहप्ताको बुधबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ।