अब चीनको सेन्जेनमा कुकुर र बिरालोको मासु खान नपाइने

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २०:२४
;

विश्वव्यापी महामारीको रुप लिएपछि कोरोना भाइरसबाट बच्न अब विभिन्न देशहरुले अनेक उपायहरु लगाइरहेका छन् । विश्वका अधिकांश देशमा अहिले लकडाउन गरिएको छ । लकडाउन नगरिएका केही देशमा पनि क्वारेन्टाइन भन्दै मानिसहरुलाई घरबाट बाहिर निस्कन निरुत्साहित गरिएको छ । 

यो भाइरस सबैभन्दा पहिले मानिसमा गत डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो । त्यहाँ जंगली जनावरहरुको मासु अत्यधिक खाने भएकाले त्यसबाट नै यो भाइरस मानिसमा सरेको हुनसक्ने अनुमान धेरैले गरेका छन् । 

यहीबीच चीनका विभिन्न ठाउँमा अहिले जंगली जनावर तथा घरपालुवा केही जनावरको मासु खान पनि प्रतिबन्ध लगाउन थालिएको छ । अब यो प्रतिबन्धको सुरुवात गरेको छ, शेन्जेन सहरले । यो प्रान्तमा अब कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*