किर्गिजस्तानमा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १७:१३
;

 किर्गिजस्तानमा‌ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट पहिलो व्यक्तिको  मृत्यु भएको छ । 

 ६१ वर्षीय व्यक्तिको किराना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोरोना सङ्क्रमित ती व्यक्तिको दक्षिणी प्रान्त ओशमा रहेको एक अस्पतालमा उपचार भइरहेको थियो ।

ज्यान गुमाउने व्यक्ति अरु गम्भीर प्रकृतिका रोगबाट पनि सङ्क्रमित भएको अधिकारीहरुले बताएका छन् । किर्गिजस्तानमा अहिलेसम्म एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*