साँझ ९ बजे ९ मिनेट देशभर वत्ती निभाउन मोदीको आव्हान

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १७:१८
;

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ ९ बजे ९ मिनेट देशभर वत्ती निभाउन आव्हान गरेका छन् । कोरोना भाइरससँग जुधिरहेको भारतमा लकडाउन जारी रहँदा मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अहिलेको संघर्षमा सबै एक भएको देखाउन भन्दै वत्ती निभाउन आव्हान गरेका हुन् ।

मादीले वत्ती निभाएर ढोका वा बादर्लीमा टुकी बाल्न समेत आग्रह गरेका छन् । उनले भने, ‘यो लडाईंमा तपाईंहरु एक्लो हुनुहुन्न, कोही पनि कोरोना भाइरविरुद्धको लडाईंमा एक्लो छैन । टुकीवत्तीले हामी सबै एक भएर लडाईं लडिरहेको देखाउनेछ ।’

२० मिनेटको सम्बोधनमा मोदीले भारतवासीलाई २१ दिनको लकडाउनमा देखाइरहेको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरे । भारतवासीले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको भन्दै धन्यवाद दिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*