तीन दिनको शिशु र आमामा कोरोना संक्रमण

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १७:४७
;

भारतमा तीन दिनको शिशु र आमामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । सुत्केरी हुन अस्पताल गएकी महिला र उनीबाट जन्मिएको बच्चामा समेत कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएको मानिस राखिएकै बेडमा ती महिलालाई राखिएका कारण उनीमा पनि कोरोना पोजेटिभ देखिएको र उनीबाट जन्मिएको बच्चामा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

आमा, बुबा र शिशुको जाँच गरिएकोमा बुबाको भने नेगेटिभ देखिएको थियो । हाल कोरोना संक्रमित ती आमा र शिशु कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा छन् ।

अस्पतालको लापरबाहीका कारण आमा र शिशुलाई मात्र नभएर अन्यलाई पनि कोरोना पोजेटिभ देखिएको भन्दै सरकारले उक्त अस्पताल बन्द गराएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

अस्पतालले भने आफूले राम्रोसँग कोठाको सफाइ गरेको दाबी गरेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*