चीनले भोलि राष्ट्रिय शोक मनाउने

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १८:२७
;

चीनले नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाएकाहरुलाई सम्झिँदै ४ अप्रिलमा राष्ट्रिय शोक मनाउने भएको छ । चीनमा शनिबार देशभर र विश्वभर रहेका चिनियाँ दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने र सार्वजनिक कार्यक्रम स्थगित गरिने चिनियाँ स्टेट काउन्सिलले शुक्रबार जनाएको छ ।

चीनमा शनिबार बिहान १० बजे तीन मिनेट मौन धारण गरिनेसमेत जनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका जनता र देशवासीलाई बचाउन कोरोनासँग संघर्ष गर्दागर्दै मृत्यु भएका सहिद (चिकित्सक) हरुप्रति समवेदना व्यक्त गर्ने जनाइएको छ । 

चीनमा बिहीबारसम्म देशभर तीन हजार ३१८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ८१ हजार ५८९ जना संक्रमित भएका छन् । शनिबार चिनियाँहरुले पितृप्रति सम्मान गर्दै किङमिङ पर्व मनाउने गरेका छन् । 

चीनले यसअघि सन् २००८ मा दक्षिणपश्‍चिम सिचुआन प्रान्तमा आएको वेनचुआन भूकम्पमा ज्यान गुमाएका ६९ हजार मानिसप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय शोक मनाएको थियो । 

कोरोनाका कारण चीनको केन्द्रीय प्रान्तमा १४ जना चिकित्सकको मृत्यु भएको छ । जसमा कोरोना भाइरस पहिचान गर्ने चिकित्सक लि वेनलियाङको पनि मृत्यु भएको थियो । उनीहरुलाई सरकारले बिहीबार सहिद घोषणा गरेको छ । – ग्लोबल टाइम्स 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*