अमेरिकाको चेतावनीः सास फेर्दा र कुरा गर्दा मात्र पनि कोरोनाभाइरस सर्छ !

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १९:४२
;

सास फेर्दा र कुरा गर्दा मात्र पनि कोरोनाभाइरस सर्ने भनी अमेरिकाको नेसनल एकेडमी आफ सायन्सेजले बुधवार चेतावनी दिएको छ । 

उक्त संस्थाका एक अग्रणी सदस्य डा हार्भे फाइनबर्गले सास फेर्दा र कुरा गर्दा पनि भाइरस सर्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए । तर मास्क चाहिँ स्वास्थ्यकर्मीहरूका लागि छोडेर आफूले अरू कुराले नै अनुहार ढाक्ने उनको भनाइ छ । 

ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य तथा अग्रणी सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकीहरूलाई सार्वजनिक स्थानमा अनुहार ढाक्न लगाउने विषयमा गहन छलफल भइरहेको बताए । 

श्वासप्रश्वासका अन्य रोग जस्तै कोरोनाभाइरस पनि भाइरस कणहरू बोक्ने थोपामार्फत सर्छन् ।बिरामी मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा त्यस्ता थोपा बाहिर निस्कने सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले चेतावनी दिएको छ । 

तर कुरा गर्दा पनि संक्रमित थोपाहरू हावामा उड्ने डा फाइनबर्गले बताए । कोरोना संक्रमितको सास समेत खतरनाक हुने उनको भनाइ छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*