कोरोना सारेको आरोपमा पुरुष नर्सले गरे आफ्नै प्रेमिका डाक्टरको हत्या
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण ईटालीमा धेरेले ज्यान गुमाएका छन् । करिब १४ हजार नागरिक गुमाउन लागिसकेको इटालीमा पुरुष नर्सले कोरोना सारेको आरोपमा आफ्नी प्रमिकाको हत्या गरेका छन् ।
इटलीको मेस्सिनामा २८ वर्षीय पुरुष नर्सले कोरोनाभाइरस सारेको आरोपमा चिकित्सकसमेत रहेकी आफ्नी २७ वर्षीया प्रेमिकाको हत्या गरेको बेलयाती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।
चिकित्सकसमेत रहेकी प्रेमी लोरेना क्वारान्ताको हत्यापछि प्रेमी नर्स एन्टोनियो दे पेसले प्रहरीलाई खबर गरेका थिए । मेस्सिना विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत लोरेना इन्टर्न गरिरहेकै अस्पतालमा प्रेमी दे पेस कार्यरत थिए ।
यो मंगलबार भएको हो । मृत चिकित्सक लोरेनालाई मृत्युपश्चात् मेडिकल डिग्री दिइने विश्वविद्यालयले जनाएको छ । प्रेमी नर्स दे पेसविरद्ध हत्याको आरोप लगाएर मुद्दा चलाइने जनाएको छ ।











