कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सय ३२ जनाको मृत्यु
नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीबाट मृत्यु हुनेको संख्या हालसम्म स्पेनमा १० हजार ९३५ पुगेको स्पनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वमा कोरोना संक्रमित ज्यान गुमाउनेमा इटालीपछि स्पेनमा धेरै छन् । स्पेनमा हालसम्म एक लाख १२ हजार ६५ कोरोना संक्रमित पुगेका छन् ।
विश्वभर कोरोना संक्रमितको संख्या १० लाख १६ हजारभन्दा बढी छ भने ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । – बीबीसी