कोरोनाको संक्रमणबाट दुई बालकको मृत्यु

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १८:०४
;

बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट दुई बालकको मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि बेलायती पाँच वर्षीय बालकको लण्डनको किङ्गस कलेज अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । 
ती बालक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका बेला कोरोनाभाइरस संक्रमण भएको बेलायती मन्त्रिपरिषद कार्यालय मन्त्री माइकल गोवले भनेका छन् ।

साथै १३ वर्षीय अर्का बालकको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । योसँगै वेलायतका कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या चार हजार तीन सय १३ पुगेको छ भने संक्रमितको संख्या ४१ हजार नौ सय तीन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*