स्पेनले लकडाउन १५ दिन बढाउने
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार संसदसमक्ष मुलुकमा जारी लकडाउनलाई थप १५ दिन बढाउन सोध्ने बताएका छन्।
कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक मध्ये स्पेन एक हो। त्यहाँ हालसम्म संक्रमणबाट ११ हजार ७ सय ४४ जनाको मृत्यु भइसकेको छ भने १ लाख १७ हजार ७ सय १० जनामा संक्रमण भेटिएको छ।
पछिल्लो समय त्यहाँ साता अगाडिको अनुपातमा मृत्युदर घटेको छ । पछिल्लो समय मृत्युदर ७ प्रतिशत रहेको छ जबकी साता अगाडि त्यो २० प्रतिशतको हाराहारीमा थियो।
मृत्यु र संक्रमणमा कमी आइरहेको अवस्थामा प्रम सान्चेजले अप्रिल २६ सम्म लकडाउन लम्ब्याउने बताएका हुन्। टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन गर्दै सान्चेजले जारी लकडाउनले नतिजा देखाउन सुरु गरेको जनाएका छन्।
'हामी महामारी नियन्त्रणको सुरुवातमा छौं। हामी हामीले सोचेभन्दा बलिया छौं तर हामीले सहनुपर्छ। बलिदान, प्रतिरोध र जितको भावना हामीमा रहिराख्नुपर्छ', सम्बोधनमा उनले भनेयस्तै उनले केही प्रतिबन्धहरू इस्टरपछि फुकुवा गर्ने पनि सो सम्बोधनमा बताए।
'हामी आर्थिक गतिविधिलाई स्थिर राखिराख्ने अवस्थालाई बढाउने पक्षमा छैनौं', उनले भने।
पसल, बार र रेस्टुरेन्ट भने बन्द रहने उनले जानकारी दिएका छन्।एजेन्सी