दुई विपक्षी लागुऔषध कारोबारी समूहबीच गोली हानाहान, १९ जनाको मृत्यु

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २०:४९
;

दुई विपक्षी लागुऔषध कारोबारी समूहबीच मेक्सिकोमा भएको गोली हानाहानमा १९ जनाको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार मेक्सिकोको छिहुआहुआस्थित सीमामा भएको झडमा १९ जनाको मृत्यु भएको हो । 

स्थानीय अधिकारीहरुका अनुसार घटनास्थलमा १८ जनाको शव, दुईवटा ग्रिनेड, सवारीसाधन र बन्दुकहरु, फुटेका हेल्मेटहरु भेटिएको छ । अमेरिकातर्फ लागुऔषध ओसार्ने दुईवटा अपराधिक समूहबीच झडप भएको रोयटर्सले जनाएको छ । 

दुई हतियारधारी सडकमा घाइते अवस्थामा भेटिएका थिए । जसमा एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

उक्त क्षेत्रमा अहिले प्रहरी र सेना परिचालन गरिएको जनाइएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*