२६ जना नर्स र तीन जना चिकित्सकमा कोरोनाको संक्रमण, अस्पताल नै बन्द 

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १९:४७
;

भारतको मुम्बईस्थित वकहार्ट अस्पतालका २६ जना नर्स र तीन जना चिकित्सकमा कोभिड–१९ पोजेटिभ भेटिएपछि अस्पताल बन्द गरिएको छ ।

अस्पताललाई क्वारेन्टाइन क्षेत्र घोषणा गर्दै अस्पतालबाट कसैलाई पनि बाहिर जान दिइएको छैन भने अस्पताल प्रवेशमा रोक लगाइएको छ । अस्पतालमा रहेका सबैको कोरोना भाइरसको परीक्षण गरिने बताइएको छ ।

अहिले अस्पतालमा रहेका २७० जना भन्दा धेरै विरामी र नर्सहरुको परीक्षण चलिरहेको बताइएको छ । अस्पतालमा रहेकाहरुको दुई पटकसम्म परीक्षण गरी कोरोना भाइरस नभेटिए मात्रै बाहिर पठाइने बताइएको छ ।

भारतमा सोमबार दिउँसोसम्ममा ४३१४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने ११८ जनाको मृत्यु भएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*