मोदीको आह्वानमा दीपावली गर्ने क्रममा बहकिइन् भाजपा नेत्री, गोली चलाएर निम्त्याइन् विवाद

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २०:०८
;

रतको उत्तर प्रदेशस्थित बलरामपुरकी एक भाजपा नेत्री मञ्जु तिवारीले आइतवार राति दीपावली मनाउने क्रममा हावामा गोली चलाएर विवाद निम्त्याएकी छन् । 

आइतवार राति ९ बजे ९ मिनेटसम्म बत्ती निभाएर दियो वा मैनबत्ती बाल्न प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेका थिए ।

तिवारीले गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बलरामपुर प्रहरीले तिवारीविरुद्ध उजुरी दर्ता गरेको छ । तिवारी पार्टीको जिल्ला महिला शाखाकी अध्यक्ष हुन् । 

भिडियोमा उनले आकाशतर्फ रिभोल्भर ताकेर गोली चलाएको देखिन्छ । उनले गोली चलाएपछि उनको परिवारका एक पुरुषले उनलाई हौस्याएको सुनिन्छ ।

पछि एउटा हिन्दी टीभी च्यानलसँग कुरा गर्दै तिवारीले आफ्नो लापरवाहीका लागि माफी मागिन् । शहरमा दीपावलीको माहोल रहेकाले आफू बहकिएको उनले बताइन् । एजेन्सी

">http://

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*