वैज्ञानिकहरुले कोरोनाभाइरसको आवाजलाई बनाए यस्तो संगीत, कोरोनाको आवाज कस्तो होला ?

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २१:०८
;

रोनाभाइरसको आवाज हुनसक्छ भनेर कहिल्यै सोच्नुभएको थियो ? वैज्ञानिकहरूले यस भाइरसको आवाजलाई संगीतमा परिणत गरेका छन् । 

कोरोनाको तस्वीर त तपाईंले धेरै देखिसक्नुभएको छ । तर यसको आवाज पनि अब सुन्न सकिने भएको छ । 

कोरोनाको आवाजलाई अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले संगीत बनाएका हुन् । संगीत १ घन्टा ४९ मिनेट ४८ सेकेन्डको छ । 

सोनिफिकेसन प्रविधिबाट वैज्ञानिकहरूले संगीत बनाएका हुन् । यो बनाउनका लागि कोरोनाभाइरसको माथिल्लो पत्रमा हुने काँडे प्रोटीनको सहायता लिइएको छ । उक्त काँडे प्रोटीनको पत्र अमिनो एसिडबाट बनेको हुन्छ । यही पत्रले मानव शरीरको कोशिकामा प्वाल पार्छ र भाइरस शरीरमा प्रवेश गर्छ ।

अमिनो एसिडको यो संरचना डीएनएको जस्तो हुन्छ, घुमाउरो किसिमको । यस संरचनामा कम्पन हुँदा आवाज निस्कन्छ । 

वैज्ञानिकहरूले कोरोनाभाइरसको यो काँडेदार प्रोटीनबाट प्राप्त अमिनो एसिडको हेलिकल संरचनालाई फरक फरक नोटमा राखेर संगीत बनाएका हुन् । 

संगीत तयार पार्ने वैज्ञानिकहरूले संगीतको माथिल्लो र तल्लो नोटबाट भाइरसको प्रोटीनमा अमिनो एसिडको संरचना कहाँ बलियो छ अनि कहाँ कमजोर छ भनी पत्ता लगाउँछन् । कुन नोटबाट यो भाइरसले मानिसको कोशिकामा आक्रमण गर्छ भन्ने पनि यसबाट पत्ता लाग्छ । 

भाइरसको आक्रमणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा पनि यसबाट थाहा हुन्छ । विज्ञानको भाषामा यसलाई मोलिक्युलर मोडुलर भनिन्छ । 

वैज्ञानिकहरूले कोरोनाभाइरसको संगीतलाई आफ्नो डेटाबेसमा राखेका छन् । डेटाबेसमा पहिलेदेखि नै रहेको कुनै प्रोटीनले यस भाइरसको प्रोटीनसँग कस्तो प्रतिक्रिया दिन्छ भनी वैज्ञानिकहरू हेरिरहेका छन् । 

डेटाबेसमा भएको प्रोटीनले यस भाइरसको प्रोटीनलाई दबायो भने कोरोनाभाइरसलाई सिध्याउने औषधि बनाउन सकिने वैज्ञानिकहरूको कथन छ । त्यो प्रोटीन यस भाइरसका लागि एन्टीडोट साबित हुनेछ । एजेन्सी

कोरोनाभाइरसको संगीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोस ।

https://soundcloud.com/user-275864738/viral-counterpoint-of-the-coronavirus-spike-protein-2019-ncov

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*