सैनिक अखडामा भिषण हमला हुदाँ २३ सैनिकको मृत्यु

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २१:२९
;

अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको थियो । कार र मोटरसाइकलमा चढेर आएका भारी हातहतियारबाट सुसज्जित अज्ञात आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए । 

स्थानीय सञ्चारमाध्यमले स्थानीयबासीमाथि भने उक्त समूहले आक्रमण नगरेको बताएका छन् ।

कोरोनाभाइरसका कारण माली सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेकै बखत यस्तो आक्रमण भएको छ । मुलुकमा हालसम्म ४५ जनामा कोरोना संक्रमण भएको पाइएको छ । –एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*