बालबालिकामा कोरोनाभाइरसको असर कम, तर मृत्यु भएका घटना पनि छन् : सीडीसी

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २२:२२
;

अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित बनेका अधिकांश बालबालिकाहरुमा भाइरसको असर मन्द देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले सोमबार एक रिपोर्ट जारी गर्दै जानकारी दिएको छ ।

यद्यपि, केही बालबालिकामा भने यसको गम्भीर असर पनि देखिएको र तीन जनाले ज्यान पनि गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकामा कूल संक्रमितको संख्यामध्ये २ प्रतिशतमात्र बालबालिका रहेका छन् । फेब्रुअरी १२ देखि अप्रिल २ सम्मको तथ्यांकको आधारमा सीडीसीले सो रिपोर्ट जारी गरेको जनाएको छ ।

त्यतिबेला संक्रमण पुष्टि भएका १ लाख ४९ हजार ८२ जनामध्ये २ हजार ५७२ जनामात्र १८ वर्षमुनिका थिए । जुन १।७ प्रतिशत हुन आउँछ । धेरैमा खोकी र ज्वरोजस्ता लक्षणहरु पनि देखिएका थिएनन् भने धेरै कम संख्यामा मात्र अस्पतालमा भर्ना भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यता, जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा संक्रमितको संख्या ३ लाख ६८ हजार ४४९ पुगेको छ । त्यस्तै, १० हजार ९९३ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको ५० वटै राज्यमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । केही दिन अघिमात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसका कारण अझै धेरैले ज्यान गुमाउन सक्ने चेतावनी दिएका थिए ।स्रोतः रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*