कोरोनाविरुद्ध लड्न ट्वीटरका संस्थापकको १ अर्ब डलर सहयोग

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १३:३५
;

ट्वीटर एवं पेमेन्ट एप स्क्वायरका संस्थापक ज्याक डोर्सेले कोरोना भाइरसको महामारीबाट लड्न १ अर्ब डलर सहयोग गरेका छन्। उक्त रकम उनको कूल सम्पत्तिको २८ प्रतिशत हो। 

उनले ट्वीटरमा सहयोगको घोषणा गरेका हुन्। तर यो सहयोग कहाँ पठाइनेछ भन्नेबारेमा भने उनले खुलाएका छैनन्।  

अमेरिकामा भेन्टिलेटर तथा व्यक्तिगत सुरक्षा उपकरण ९पीपीइ० अभाव हुनुुका साथै व्यापार व्यवसाय पनि संकटमा छन्। उनले ट्वीटरको नभइ स्क्वायर कम्पनीको शेयरबाट सहयोग गरेको जनाएका छन्। 

कोरोना भाइरसको महामारी सकिएपछि उक्त सहयोग रकम बालिकाहरुको शिक्षा र स्वास्थ्यमा उपयोग हुने जनाइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*