कोरोना भाइरसविरुद्ध लड्न इरानले माग्यो पाँच अर्ब डलर
इरानले कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफसँग पाँच अर्ब डलर माग गरेको छ। राष्ट्रपति हसन रुहानीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच अर्ब डलरको आपतकालिन सहायता दिन आइएमएफसँग अपिल गरेका हुन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रिपरिषद बैठकमा अन्तर्राष्ट्रिय संगठनसँग आफ्नो जिम्मेवारी निभाउन अपिल गरेका हुन्।
‘हामी आईएमएफका सदस्य हौँ, ऋण दिने कुरामा कुनै भेदभाव हुनुहुँदैनु, इरानी राष्ट्रपति रुहानीले भने। रुहानीले अमेरिकी प्रतिबन्धको पनि निन्दा गर्दै यसलाई ‘आर्थिक र मेडिकल आतंकवाद’को संज्ञा दिएका बिबिसीले जनाएको छ। एजेन्सी