पिपिई माग गर्दै प्रदर्शनमा उत्रिएका ५० डाक्टर पक्राउ

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार २२:२६
;

पिपीईको माग गर्दै प्रदर्शन गरिरहेका ५० जना डाक्टरहरुलाई पक्राउ गरेको छ । पाकिस्तानको क्‍वेटामा कोरोना भाइरसबाट संक्रमित मानिसहरुको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने पिपीईको अभाव भएपछि प्रदर्शनमा उत्रिएका डाक्टरहरुलाई पक्राउ गरेका हुन् । 

दक्षिण एसियामा भारतपछि पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या धेरै छ । भारतमा अहिलेसम्म ४ हजार ७ सय ८९ जना संक्रमित हुँदा १ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पाकिस्तानमा कोरोना भाइरसबाट अहिलेसम्म ३८०० मानिस संक्रमित भएका छन् । बंगलादेशमा कोरोनाबाट १६० जना संक्रमित भएका छन्। श्रीलंकामा १८५ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण भेटिएको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*