अमेरिकामा एकैदिन लगभग दुई हजारको मृत्यु, मृत्यु हुनेको संख्या साँढे १४ हजार बढी
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय २७ बढीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ६ सय ६८ पुगेको छ ।
अमेरिकामा एकैदिन २६ हजार ७ सय ७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २७ हजार १ सय १ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २२ हजार ३ सय १४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको । ३ लाख ९० हजार १ सय १९ जना उपचाररत छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख ९ हजार ६७८ पुगेको छ । एजेन्सी











