स्पेनमा एकैदिन ७ सय बढीको मृत्यु, मृत्यु हुनेको संख्या १४ हजार बढी

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ ।
स्पेनमा एकैदिन ६ हजार २ सय ७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ ।
स्पेनमा संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ४ सय ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ४ सय ३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख १३ हजार २ सय ४५ भन्दा बढी छ । एजेन्सी











