डब्लूएचओका प्रमुख टेडरोसलाई हत्याको धम्की

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २०:४०
;

विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’का प्रमुख टेडरोस एडह्यानम गेब्रियसुसलाई हत्याको धम्की आएको छ।

बुधबार टेडरोसले पत्रकार सम्मेलनमा आफूमाथि हत्याको धम्की आएको र जातीय विभेदपूर्ण टिप्पणी भएको जानकारी दिए।
कोरोना महामारीको प्रकोप नियन्त्रणमा आफू लागिरहेको समयमा विभिन्न समूहबाट आएको हत्याको धम्की र जातीय टिप्पणीलाई आफूले वास्ता नगर्ने उनले बताएका थिए।

टेडरोसले भनेका छन्,‘दुईदेखि तीन महिनायता ममाथि व्यक्तिगत आक्रमणको प्रयास भइरहेको छ। ममाथि काले भनेर जातीय रुपमा विभेदपूर्ण टिप्पणी गरिएको छ। तर म कालो हुनुमा गर्व गर्छु।’ ताइवानबाट धेरै जातीय हिसाबमा टिपप्णी भएको टेडरोसले पत्रकारलाई बताएका थिए।

सो क्रममा टेडरोसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीमा जवाफसमेत दिए। ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको र आफ्नो देशले डब्लूएचओलाई गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका थिए।

टेडरोसले अमेरिकाले कोरोना भाइरसलाई राजनीतिकरण गर्न नहुने बताएका थिए। उनले डब्लूएचओले सबै देशसँग समन्वय गरिरहेको र संगठन चीन केन्द्रित नभएको बताएका थिए।

डब्लूएचओको आँखाले सबैलाई समान देख्ने टेडरोसको भनाई थियो। स्रोतः नेपालखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*