फ्रान्समा एकैदिन १३ सयबढीको मृत्यु, कुल मृतक संख्या १२ हजारबढीको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण्को कारण फ्रान्समा बिहीबार एकै दिन कोरोनाका कारण १ हजार ३४१ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १२ हजार २१० पुगको छ ।
अहिलेसम्म फ्रान्समा १ लाख १७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएको वल्डोमिटर्सले जनाएको छन । जसमा बिहीबार मात्रै ५ हजार नयाँ संक्रिमत थपिएका हुन् ।
अहिलेसम्म त्यहाँ २३ हजार २१० जना भने पूर्णरूपमा निको भइसकेका छन् । बाँकी ८२ हजार ३३३ जनामा कोरोना सक्रिय रहेको छ, जसमध्ये ७ हजारको अवस्था भने गम्भीर रहेको छ ।