अमेरिकामा दैनिक एक लाख व्यक्तिमा कोरोनाको परीक्षण 

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १३:२६
;

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् ।

उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ । ब्रिफिङको क्रममा उपस्थित रहेका उप–राष्ट्रपति माइक पेन्सले अमेरिकाले हरेक दिन एक लाख अमेरिकीमाथि परीक्षण गरिरहेको जानकारी दिए । र प्रशासनले उक्त परीक्षणको संख्या बढाउन प्रयास गरिरहेको पनि उनले बताए ।

उनले यूएसएनएस कम्फर्ट (जहाज अस्पताल) बारे पनि जानकारी दिँदै उक्त जहाजका कारण अस्पतालको अतिरिक्त बोझ हटेको उल्लेख गरे ।

ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका डा। एन्थोनी फाउचीले अमेरिकामा मृत्युदर लगातार बढिरहेको भएपनि सामाजिक दुरीजस्ता प्रतिबन्धको सकारात्मक असर अमेरिकामा परिरहेको बताएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*