एक सय एक वर्षीय वृद्धले जिते कोरोनाविरुद्धको लडाई

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १४:२८
;

विज्ञहरूले वृद्ध उमेरका मानिस कोरोना भाइरसको बढी जोखिममा रहेका बताइरहेका बेला बेलायतका १०१ वर्षीय वृद्धले कोरोनासँग जित हासिल गरेका छन् । 

बेलायतको वोरसेस्टरसायरका १०१ वर्षका किथ वाट्सन आफूलाई कोरोना संक्रमण भए पनि निको हुन सफल भएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

तर अस्पतालबाट उनी निको भएर घर फर्किएका छन् । अहिले किथको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

""

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*