आवागमन नियन्त्रण अवधि थप गर्दै मलेसियन सरकार
मलेसियन सरकारले लागू गरेको आवागमन नियन्त्रण अवधि थप गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण जोखिम न्यूनीकरणका लागि थप दुई साताका लागि लकडाउन अवधि थप गरिएको हो।
पहिलो चरणमा १८ मार्चदेखि १४ अप्रिलसम्म गरेको आवागमन नियन्त्रणको अवधि २८ अप्रिलसम्म थप गरिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
यसैबीच नेपाली दूतावासले मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेशको पूर्ण पालना गर्न नेपाली नागरिकहरुलाई आग्रह गरेको छ ।