कोरोना संक्रमित युवा डुल्दै हिडेपछि गाँउको २९ जनामा सर्यो, तीमध्ये २१ जना एकै परिवारका

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १४:१८
;

भारतको बिहारमा एकै परिवारको २१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ बजेसम्ममा बिहारभरि जम्मा ६० जना संक्रमित फेला परेका छन् । तीमध्ये २१ जना एकै परिवारका छन्।

२१ मार्चमा खाडीबाट फर्किएका दुई युवा क्वारेन्टीनमा बसेका थिए । तर, त्यही दिन ओमानबाट आएका युवा गाउँ डुल्दै हिँडेपछि सबै व्यक्तिमा कोरोना फैलिएको जनाईएको छ ।  अरु आठ जनासहित २९ संक्रमित भेटिएका छन् ।  शुक्रबार सिवुन जिल्लाको पंजवार गाउँमा एकाएक कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि बीबीसी हिन्दीले बिहारको ‘हटस्पट’ भएको जनाएको  छ । 

उनले आएपछि क्रिकेट खेल्नेदेखि लिएर भने विवाह सम्ममा पुगेका थिए । ती युवाको अप्रिल ३ मा कोरोना परीक्षण पोजेटिभ आएपछि  करिब १० हजार मानिसको बसोबास रहेको उक्त गाँउमा हङ्गामा मच्चिएको थियो।

उनको घरको ५० मिटरको दूरीसम्म आउने र क्रिकेट खेल्नेको सूची बनाएर ९७ जनाको परीक्षण गरिएको थियो। तीमध्ये परिवारका सदस्यसहित २९ जनाको नतीजा पोजेटिभ आएको हो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*