चिनमा अबदेखी कुकुरको मासु खान नपाईने 

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १५:३६
;

अब चिनमा कुकुर र बिरालोको मासु खान नपाईने भएको छ । कुकुरलाई पशुधन अन्तरगतको वर्गमा राखेको  चिनले अब घरपालुवा जनावरको वर्गमा राख्ने भएको हो । 

कोरोना भाइरसको महामारीपछि  चीनको कृषि मन्त्रालयले गरेको यस निर्णयलाई पशु अधिकारकर्मीहरूले पशु अधिकारको पक्षमा परिवर्तनकारी कदम भएको प्रतिक्रिया दिएका छन्।

चीनका थुप्रै भु(भागमा कुकुरको मासु लोकप्रिय पकवानका रुपमा रहँदै आएको छ।
त्यहाँको कृषि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कुकुरलाई ुपशुधनुबाट घरपालुवाु जनावरमा पुनःवर्गीकरण गरिएको जनाएको हो।

आमजनताको सल्लाह र सुझावका लागि प्रकाशित गरिएको सो सूचनामा चीनले गाईं, भैसी, सुङ्गुर, पोल्ट्री र उँट लगायतका १३ पारम्परिक जनावरलाई पशुधनमा राखेको छ भने उसले रेन डियर,अल्पाका, अस्ट्रिच, स्याल र तित्रा लगायतका १३ प्रकारका वन्यजन्तुलाई पनि ओसारपसार तथा बेचविखन गर्न नपाउने वन्यजन्तुको सूचिबाट हटाएको छ ।
चीनमा विभिन्न वन्यजन्तुको व्यवसायिक पालन हुने गरेको छ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*