विश्वभर डरलाग्दो घटना सार्वजनिक, उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
कोरोना भाइरससँग लडिरहेको सारा विश्वमा अर्काे डरलाग्दो घटना सार्वजनिक भएको छ । दक्षिण कोरियाको उक्त घटनाले फेरी आम मानिसहरुको मनमा त्रास पैदा गरेको हो ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जनामा फेरी कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
यो घटनाले आम मानिसहरुका साथै वैज्ञानिक तथा डाक्रहरुलाई थप चुनौति थपिएको छ । विशेषज्ञहरुले निको भईसकेका बिरामीहरुमा फेरी संक्रमण पाइनुको कारण भाइरस रि एक्टिभेट भएको हुनसक्ने बताएका छन् । तर दक्षिण कोरियाको स्वास्थ्य विभागका अधिकारीहरुले उक्त संक्रमण कसरी फेरी भयो भन्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
उक्त घटना अब अन्तर्राष्ट्रिय स्तरमै चिन्ताको विषय बनिसकेको छ । अहिलेसम्म कोरोना भाइसको महामारीका कारण अलिहेसम्म दक्षिण कोरियामा २११ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४८० जनामा संक्रमण फैलिएको छ ।
त्यस्तै ७ हजार २४३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
दक्षिण कोरियाको विश्वविद्यालयका एक प्रोफेसरले संक्रमितमा पुनः संक्रमण हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन् । एक अन्य विशेषज्ञले भने बिरामी फेरी संक्रमित नभएको तर उनीहरुमा भाइरस रि एक्टिभेट भएको बताएका छन् ।
एजेन्सी










