सामुहिक चिहान खन्दैछ न्युयोर्क शहर, सार्वजनिक भए यस्ता तस्बिर

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १३:०४
;

कोरोना संक्रमणका कारण मृत्यु भएका तर गरिब र आफन्तहरु नभएका व्यक्तिहरुका शवलाई सामुहिक रुपमा गाडिएको बताइएपनि न्युयोर्कमा बढेको मृत्युदर र त्यहाँका अधिकारीहरुलाई शवहरुको व्यवस्थापन गर्न परेको चापलाई यी दृष्यले प्रस्ट पारेको छ ।

न्युयोर्क शहर अहिले कोरोना संक्रमणका कारण विश्वकै सबैभन्दा बढी प्रभावित शहरका रुपमा देखिएको छ । यहाँ अत्याधिक मानिसहरुको कोरोना संक्रमणका कारण ज्यान गइरहेको छ । न्युयोर्कमा कोरोना संक्रमित रोगीहरुको संख्या १ लाख ६० हजारभन्दा बढी पुगेको छ भने मर्नेहरुको संख्या ८ हजारभन्दा बढी पुगेको बीबीसीले जनाएको छ ।

पहिला एक हप्तामा २५ शव, अहिले दैनिक २५ शव

न्युयोर्कको हार्ट आइल्यान्डमा यसअघि सामान्यतः एक हप्तामा लगभग २५ वटा शव आउने गर्थे र अन्त्येष्टिका लागि हप्तामा एकदिन तोकिएको हुन्थ्यो । तर अहिले त्यहाँ अन्त्येष्टिका लागि हप्तामा ५ दिन तोकिएको छ र दैनिक २५ वटा शव आइरहेका छन् । यहाँ आउने शवहरुको अन्त्येष्टिको काम शहरको मुख्य जेल राइकर्स आइल्याण्डका कैदीहरुले गर्ने गरेका थिए तर अहिले शवहरुको चाप बढेपछि यसको जिम्मेवारी ठेकेदारहरुलाई दिइएको छ । अहिले त्यहाँ मुर्दाघरमा शव राख्ने ठाउँको अभावका कारण कसैले दावी नगरेका शवहरुलाई छिटो छिटो अन्त्येष्टि गर्न थालिएको छ । यसैहप्ता न्युयोर्कका मेयर बिल डी ब्लासियोले संकट समाप्त नभएसम्म शवहरुको अस्थायी अन्त्येष्टिलाई तिव्र पार्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘त्यसका लागि स्वभाविक रुपमा प्रयोग भएको ठाउँ हर्ट आइल्यान्ड नै हो ।’

अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ हजार भन्दा बढीको ज्यान गएको छ । त्यहाँको जन्स हापकिन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार १ सय ८ जनाको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या ५ लाखभन्दा बढी पुगेको छ ।

उता, ह्वाइट आउसको कोभिड–१९ नियन्त्रणका लागि बनेको कार्यदलका अनुसार अहिले महामारीको अवस्था स्थिर भइरहेको छ । तर कोरोना बिरामीहरुको उपचारमा खटिरहेका विशेषज्ञ चिकित्सक डा.डेबोरा बक्र्सले चेतावनी दिँदै भनेका छन्, ‘यो कुरा उत्साहजनक हुनसक्छ तर हामी अझै संकटको चरम सीमामा पुगेका छैनौ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मर्नेहरुको संख्या १ लाख पुग्न नदिने अठोट गरेका छन् । उनले भनेका छन, ‘हामीले देखिरहेका छौ, हामीले अप्नाएका आक्रमण रणनीतिले असंख्य मानिसहरुको जीवन बचाइरहेको छ ।’
यता, कोरोना नियन्त्रण कार्यदलका सदस्य डा.एन्थोनी फोसेले एनबीसी च्यानलसँगको कुराकानीका क्रममा महामारीबाट मर्नेको संख्या ६० हजार पुग्न सक्ने अनुमान गरेका थिए तर गत महिनाको अन्त्यमा उनले यही गतिमा संक्रमण बढ्ने र मृत्यु हुने हो भने मृतकको संख्या १ देखि २ लाख पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । साभारः बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*