नेताको हत्या गरेको आरोपमा पूर्व सैनिकलाई झुण्ड्याएर मृत्युदण्ड
नेताको हत्याको आरोपमा पूर्व सैनिक अधिकारीलाई मृत्युदण्ड दिइएको बिबिसीले जनाएको छ ।
बंगलादेशमा सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्याको आरोपमा अब्दुल मजेदलाई यसै हप्ता राजधानी ढाकास्थित केरानीजंगको कारागारमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।
रहमानको हत्याको ४५ वर्षपछि पक्राउ गरिएको मजेदलाई पक्राउ गर्नु ऐतिहासिक सफलता भएको गृह मन्त्रालयले जनाएको छ ।
वर्तमान प्रधानमन्त्री शेख हसिनका बुबा रहमानसहित उनका परिवारका अधिकांश सदस्यहरु सन् १९७५ मा हत्या गरिएको थियो ।
बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको एक वर्षपछि रहमानको हत्या गरिएको थियो ।
सन् १९९६ मा रहमानकी छोरी हसिना प्रधानमन्त्री भएसँगै आफ्ना बाबुका हत्याराको बचाउका लागि अपिल गर्ने कानुन खारेज गरेकी थिइन ।
उनले सन् १९९८ मा मस्जेदसहित एक दर्जनभन्दा बढी सैनिक अधिकारीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
त्यसलगत्तै मजेदले सार्वजनिक रुपमा आफूले ती नेताको हत्या गरेको बताएर भारतमा बस्दै आएका थिए ।एजेन्सी










