साउदीमा कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय
मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । साउदी अरेबियाले कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
अल जा जीराका अनुसार साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् ।
शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदा सम्म जारी रहने तथा मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने बताएको छ ।










