कोरोनाको कारण मृत्यु हुनेको संख्या एक लाख १४ हजारबढी, १८ लाखबढी संक्रमित 

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार १३:४४
;

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण एक लाख १४ हजार बढीको मृत्यु भएको छ ।  संक्मितको संख्या साढे १८ लाख नाघेको छ  । कोरोनाबाट मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या युरोप र अमेरिकामा रहेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १८ लाख ५२ हजार ६ सय २९ पुगेको छ। पछिल्लो साढे तीन महिनाको अवधिमा यो भाइरसका कारण विश्वभर १ लाख १४ हजार २ सय ८ जनाले ज्यान गुमाएका छन्।

कूल संक्रमितमध्ये हालसम्म ४ लाख २३ हजार ४ सय जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वमा १३ लाख १५ हजार २१ जना कोरोना संक्रमित उपचारत रहेका छन्। उपचारतमध्ये ५० हजार ७ सय ५८ जनाको अवस्था गम्भिर रहेको छ भने १२ लाख ६४ हजार २ सय ६३ जनाको अवस्था सामान्य छ।

नेपालमा हालसम्म १२ जनामा कोरोना भाइरसको संत्रमण देखिएको छ। आइतबारमात्र वीरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ। नेपालमा रहेका संक्रमितमध्ये १ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी ११ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड्स र क्यानाडा रहेका छन्। हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा देखिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*