भारतमा एकैदिन ४३ जनाको मृत्यु, ९ हजार २ सय ५ संक्रमित
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भारतमा एकै दिन ४३ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ संक्रमितको संख्या ९ हजार २ सय ५ पुगेको छ ।
संक्रमणबाट अहिलेसम्म भारतमा ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार एकै दिन त्यहाँ ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमण बढ्दै गएपछि भारत सरकारले लकडाउनको अवधि बढाउने घोषणा गरेको छ । सम्भवत आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको लकडाउनको घोषणा गर्नसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।